‘आफ्नो फिल्मको टिकट आफैँले किन्नुहुन्छ ?’ शाहरुख खानले दिए यस्तो जवाफ
दिल्ली, 13 जुलाई 2023
शाहरुख खानको फिल्म जवान छिट्टै सिनेमाघरमा रिलिज हुँदै छ । हालै जवान फिल्मको ट्रेलर रिलिज भएको छ । ट्रेलरलाई अहिलेसम्म करोडौँले हेरिसकेका छन् । यस्तोमा शाहरुख खानले पठान फिल्म झैँ जवानको पनि प्रचार सुरु गरेका छन् ।

खान फिल्म प्रवर्द्धनमा फरक शैलीसहित उत्रिन्छन्।
फ्यानलाई आफूसँग जोड्न सिपालु छन् उनी।
रिलिजको मुखैमा रहेको फिल्म ‘जवान’को प्रवर्द्धनका लागि उनी रणनीतिक हिसाबले अगाडि बढिरहेका छन्।

पछिल्लो समय उनको फिल्म पठानले कमाइको मामिलामा सबैखाले रेकर्ड तोड्यो।
चार वर्षपछि ठूलो पर्दामा आएका शाहरुख खानको अब रिलिज हुने फिल्म ‘जवान’प्रति धेरैको नजर छ।
शाहरुख खानले ट्विटरमा #AskSrk सहित प्रशंसकको प्रश्नको जवाफ दिए । शाहरुख खान यस्तो मौकामा यस्तै गर्छन् भनेर अब धेरैलाई थाहा भइसकेको छ ।
शाहरुखले एक एक गरी हरेक प्रश्नको जवाफ ट्विटरमा दिए । यो प्रश्न पहिले पनि सोध्ने गरिएको थियो । विशेष गरी त्यतिबेला जब पठान फिल्मले एक हजार करोडको कमाई गरेको थियो ।
हब ट्विटरमा शहजाद कुरैशीले प्रश्न सोधे, ‘तपाईं आफ्नो फिल्मको टिकट आफैँ किन्नुहुन्छ ?’
शाहरुखले जवाफ दिए, ‘तपाईं के आफ्नो कामको तलब आफैँले दिनुहुन्छ ?’

दक्षिण भारतीय फिल्मका चर्चित निर्देशक एट्लीले जवानको निर्देशन गरेका हुन्। फिल्ममा दीपिका पादुकोणका साथै दक्षिण भारतीय स्टार नयनतारा र विजय सेतुपती पनि मुख्य भुमिकामा छन्।
यो समाचार पनि पढनुहोस्…









































