‘कंगनाले बोलेका सबै कुरा झुटा हुन्’: जावेद अख्तर
दिल्ली, 14 जुन 2023
बलिउडका सुप्रसिद्ध गीतकार जावेद अख्तरले सोमवार मुम्बई अदालतमा पेशीको क्रममा अभिनेत्री कंगना रनौतले सन् २०२० मा एउटा न्यूज च्यानलमा दिएको अन्तर्वार्तामा बोलेका सबै कुरा झुटा भएको दावी गरेका छन् ।
सोमबार जावेद अख्तर मुम्बईको अन्धेरी मेट्रोपोलिटन मजिस्ट्रेटको अदातलमा पेश भएका बेला उक्त भनाइ राखेका हुन् ।
कंगनाले एउटा टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा आफूविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भन्दै त्यसेले आफ्नो प्रतिष्ठामाथि नोक्सान पुर्याएको अख्तरको आरोप छ ।
सन् २०२० मा अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि कंगनाले एउटा च्यानलमा दिएको अन्तर्वार्तामा भनेकी थिइन् – ‘एक पटक जावेद अख्तरले मलाई आफ्नो घर बोलाएर राकेश रोशन र उनका परिवार धेरै ठूला मानिस हुन् । यदि तपाईँले उनीहरुसंग माफि माग्नु भएन भने जेल जानु पर्नेछ र अन्त्यमा केवल विनासको मात्र बाटो रहेन छ, त्यसपछि तिमीले आत्महत्या गर्नेछौ, त्यो समयमा जावेद अख्तरको कुरा सुनेर म कामिरहेको थिएँ ।’
अख्तरले नोभेम्बर २०२० मा कंगनाविरुद्ध मानहानिको मुद्दा दर्ता गरेका थिए ।