गत आ.वमा सबैभन्दा धेरै कमाई गर्ने पाँच नेपाली चलचित्र
काठमाडौं, 25 जुलाई 2023
गत आ.वमा सबैभन्दा धेरै कमाई गर्ने यि हुन पाँच नेपाली चलचित्र, केही चलचित्रले उच्च आम्दानी गर्न सफल भएका छन् भने, केही चलचित्रले एकजनाले खाजा खाने रकमसमेत उठाउन सकेनन्।
केही चलचित्रले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै कमाई गर्ने अग्रस्थानमा रहेको छ चलचित्र ‘छक्कापञ्जा ४’ ।

‘छक्कापञ्जा ४’ ले ६ लाख २९ हजार ७ सय ५० टिकट बिक्रीबाट कुल १७ करोड ५२ लाख ९९ हजार १ सय ५९ ग्रस कलेक्सन गरेको छ ।
यस्तै, दोस्रोमा ‘जारी’ले ६ लाख १९ हजार २ सय २१ टिकट बिक्रीबाट हालसम्म १७ करोड १७ लाख ९५ हजार ९८ रूपैँया बढी ग्रस कलेक्सन गरेको छ ।

यो चलचित्रले एकसय दिन पूरा गरेर अझै पनि केही हलहरूमा चलिरहेको छ ।
तेस्रो स्थानमा छ ‘प्रेम गीत’ ३ यो चलचित्रले सात करोड ७० लाख ३५ हजार ५ सय ५८ रूपैँया बढी कमाई गरेको छ ।

यही चलचित्र हिन्दी डब भने सर्वाधिक कमाई गर्ने चलचित्रको नवौँ नम्बरमा परेको छ ।
चौथो स्थानमा छ ‘महापुरूष’ यो चलचित्रले सात करोड ३८ लाख ९१ हजार ९ सय २० रूपैयाँ बढी कमाइ गरेको छ ।

यस्तै, पाचौँ स्थानमा छ, दुई नम्बरी यो चलचित्रले तीन करोड ८४ लाख ७५ हजार ७ सय ७० रूपैयाँ बढी कमाई गर्न सफल भएको हो ।

यो समाचार पनि पढनुहोस्…
- बाढी–पहिरोका कारण विभिन्न ठाउँमा राजमार्ग अवरूद्ध
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियो









































