‘छक्का पन्जा ४’गत आर्थिक वर्ष २०७९–०८० मा धेरै कमाउने फिल्म
काठमाडौं, 20 जुलाई 2023
चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रदर्शन भएका नेपाली तथा विदेशी फिल्महरुको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरेको छ । बिहीबार बोर्डले उपलब्ध गराएको विवरणमा मुभी कोडअनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी फिल्मको ग्रस ‘छक्का पञ्जा–४’कलेक्सन सार्वजनिक गरिएको हो । कमाइसँगै रिलिज भएको मिति र टिकट बिक्री संख्या पनि सार्वजनिक भएको छ ।
नेपाली फिल्मतर्फ २०७९ फागुन १९ मा रिलिज भएको ले सर्वाधिक १७ करोड ५२ लाख ९९ हजार १ सय ५९ रुपैयाँ ग्रस कलेक्शन गरेको छ भने सबैभन्दा कम २०७९ भदौ ३१ गते प्रदर्शनमा आएको फिल्म ‘सिवानी’ ले मात्र पाँच सय बीस रुपैयाँ कलेक्शन गरेको छ ।

विदेशी फिल्मतर्फ भारतीय फिल्म ‘पठान’ ले १३ करोड अट्ठाईस लाख आठ सय दश रुपैयाँ कलेक्शन गरेको छ । सबैभन्दा कम भोजपुरी फिल्म ‘रिश्तो का बटवरा’ ले दुई हजार एक सय साठी रुपैयाँ कलेक्शन गरेको छ ।


यो समाचार पनि पढनुहोस्…











































