टी-२० विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा
काठमाडौं, 1 अगस्ट 2023
आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटका लागि प्रारम्भिक नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको हो ।
२०२४ मा आयोजना हुने विश्वकपका लागि मलेसियाले अगस्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म एसिया छनोट आयोजना गर्दैछ । छनोटअन्तर्गत नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा भुटान, आयोजक मलेसिया, बहराइन, कतार र यूएई रहेका छन् ।
समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन् ।एसिया छनोटबाट दुई टिमले ग्लोबल क्वालिफायर खेल्नेछन् । बन्द प्रशिक्षणका लागि घोषणा गरिएको टिममा युवा खेलाडीलाई प्राथमिकता दिइएको छ ।
नेपालको प्रारम्भिक टिम : रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासनी, विन्दू रावल, अप्सरी बेगम, कालोज श्रेष्ठ, सम्झना खड्का, इश्वरी विष्ट, ज्योती पाण्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, रुबी पोद्दार, खुसी डंगोल, पूजा महतो, सबनम राई, रोमा थापा, कंचन श्रेष्ठ, श्रृष्टि जैशी र स्नेहा महरा ।