Homeसमाचारनेपालनेपाली सेनाको संख्या कुनै पनि हालतमा घटाउनु हुन्न : गौतम

नेपाली सेनाको संख्या कुनै पनि हालतमा घटाउनु हुन्न : गौतम

नेपाली सेनाको संख्या कुनै पनि हालतमा घटाउनु हुन्न : गौतम

काठमाडौं, 20 जुलाई 2023

राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्ताव प्रति आपत्ति जनाएका छन्। पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्यालाई घटाउने कुरा उसको अपमानबाहेक केही हुन नसक्ने तर्कसमेत गरे।

बिहीबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपाली सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सेना थप गर्नुपर्ने प्रस्तावसमेत गरे। त्यसो गरियो भने नेपाली सेनाले आगामी ५ वर्षभित्र नेपाललाई आत्मनिर्भर मात्रै बनाउने नभई विदेश निर्यात गर्ने मुलुकको स्तरमा पुर्‍याउने सांसद गौतमले दाबी गरे।

“नेपाली सेनालाई एक लाख राखिदिनुस्। अर्को दुई लाख सेना निर्माण गरेर देश निर्माण र औद्योगिक क्षेत्र र कृषि उत्पादनको क्षेत्रमा लगाउनुस्। सेनाले गरेर देखाउँछ। र, उसले पाँच वर्षभित्र नेपाललाई आत्मनिर्भर मात्रै होइन, विदेश पठाउने गरी हामीले हाम्रो देशमा उत्पादन बढाउन सक्छौँ।”

उनले गौरव गाथाले भरिएको नेपाली सेना घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको खण्डन गर्दै प्रतिनिधिसभाको संख्या घटाउन र प्रदेशसभा हटाउँदा उपयुक्त हुने बताए। उनले हालको प्रतिनिधिसभाले राष्ट्रको कार्यकारी चुन्ने प्रणाली रहँदासम्म मुलुकको विकास पनि हुनै सक्ने जिकिर गरे।

उनले पार्टीको केन्द्रीय कार्य समिति बैठक लाइभ गरेको भन्दै कांग्रेसप्रति आभार व्यक्त गर्दै कम्युनिस्ट पार्टीहरूले पनि त्यसबाट सिकेर अघि बढ्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...