बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकताः भुसाल
काठमाडौं, 22 जुलाई 2023
नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता भएको बताएकी छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकीकृत हुनुपर्ने बेलामा कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा रहेको बताइन् ।
उनले अब फेरि बलियो कम्युनिस्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने बताइन्। उनले समाजावादी मोर्चा अहिले बनाइसकेको र आगामी दिनमा मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पुर्याउने र बलियो कम्युनिस्ट पार्टी बनाउने पनि बताइन्।

‘अहिले एउटा बलियो कम्युनिस्ट पार्टी चाहिएको छ। तर बिडम्वना हाम्रो कम्युनिस्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा छ,’ भुसालले भनिन्, ‘त्यसलाई एकीकृत, केन्द्रिकृत गर्ने प्रयास भएका थिए, एउटै नेकपा पनि बनायौँ हामीले जनताको जनमत पनि इतिहास कायम गर्नेगरी प्राप्त गरेका थियौँ। तर एकता कामय भइरहन सकेनौँ। हामी अब फेरि बलियो कम्युनिस्ट पार्टी बनाउने कुराबाट पछि हट्न सक्दैनौँ।’

अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिस्ट पार्टीका छातामा रहेकाहरूलाई पनि एउटैमा ल्याउने प्रयास जारी रहने बताइन्।
यो समाचार पनि पढनुहोस्…
- अहिलेसम्म पनि संसदीय समितिले नेतृत्व पाउन नसक्नु दुःखद्
- ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार
- ‘छक्का पन्जा ४’गत आर्थिक वर्ष २०७९–०८० मा धेरै कमाउने फिल्म









































