Homeसमाचारभारतभारतमा बाढी-पहिरोमा परी २८ जनाको मृत्यु

भारतमा बाढी-पहिरोमा परी २८ जनाको मृत्यु

भारतमा बाढी-पहिरोमा परी २८ जनाको मृत्यु

दिल्ली, 10 जुलाई 2023

भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर पश्चिमी राज्यहरूमा मुसलधारे वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ। भारतीय समाचार अनुसार उत्तराखण्ड, हिमाचल, हरियाणा, पञ्जाब,  जम्मु-कश्मिरलगायत ठाउँमा बाढी र पहिरोमा परी कम्तीमा २८ जना मानिसको मृत्यु भएको छ। ज्यान गुमाउनेमा दुई जना भारतीय सैनिक पनि छन्।

भारत

आइतबार राजधानी नयाँदिल्ली सन् १९८२ पछि जुलाई महिनामा २४ घन्टाभित्र सबैभन्दा धेरै पानी पारेको छ।

अत्याधिक वर्षाले दिल्लीका सडक डुबानमा परेका छन्। भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सोमबार दिल्ली र आसपासका क्षेत्रमा विद्यालय बन्द गरिएको छ।

उत्तराखण्ड प्रहरीले अत्यावश्यक नभइकन पहाडी क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ। उत्तराखण्डका केही क्षेत्रमा जुलाई १३ सम्म भारी वर्षाको चेतावनी दिइएको छ।

तीर्थ यात्रा र घुम्न गएका मानिसहरू विभिन्न ठाउँमा अलपत्र परेका छन्।

दिल्लीमा यमुना नदीले मंगलबार बिहानसम्म खतराको तह पार गर्न सक्ने चेतावनी दिइएको छ।

भारतीय मौसमविद्हरूले अहिलेको अवस्था सन् २०१३ मा उत्तराखण्डमा भएको ‘क्लाउडब्रस्ट’सँग तुलना गरेका छन्।

भारत

 

 

 

 

 

 

 

 

यो समाचार पनि पढनुहोस्…

  1. कंगनाको ‘तेजस’मा फाइटर रुप
  2. राजनीति छाडिन् एलिजा गौमतले

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...