महामन्त्रीको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो लाग्यो: आरजु राणा
काठमाडौं, 21 जुलाई 2023
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदन एनजीओको विसलिस्ट जस्तो भएको बताएकी छन्।शुक्रबार सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा बोल्दै उनले महामन्त्रीको प्रस्तावबारे यस्तो टिप्पणी गरेकी हुन् ।
बैठकमा आरजुले महामन्त्रीको प्रतिवेदन भनेपछि राजनीतिक दस्तावेज आउला भन्ने ठानेकोमा त्यो केवल एनजीओको विसलिस्टजस्तो भएको बताएइन् ।
उनले भनिन्, ‘यसपटक महामन्त्रीको प्रतिवेदनमा कुनै राजनीतिक दस्तावेज आउँछ होला भन्ने सोचेको थिएँ । त्यो एक एनजीओको विसलिस्ट जस्तो लाग्यो । कार्यक्रम धेरै गर्ने अनि त्यसको रिजल्टचाहीँ के त ? योभन्दा दुईतीनवटा उपलब्धिमुलक कार्यक्रम गरौँ र त्यो परिणाममुखी बनाऔँ ।’
उनले पार्टीले आफ्नो दिशा तय गर्नुपर्ने समेत बताएकी छन् ।उनले पार्टीको घोषणापत्रसँग सरकारको नीति र नियमहरू कहाँ मेल खान्छ भनेर हेर्नुपर्ने र त्यहीअनुसार कार्यक्रम गर्नुपर्ने बताएकी छन् ।









































