HomeFeatureअक्षयको गोरखामा सैयौं नेपालीको आबेदन

अक्षयको गोरखामा सैयौं नेपालीको आबेदन

दिल्ली, 11 फरवरी 2022

अक्षय कुमारको मुख्य भूमिका हुने बलिउड फिल्म ‘गोरखा’ले नेपाली कलाकारको लागि कैयौ आवेदन परेको छ । यसै साता उक्त फिल्मको लागि नेपाली कलाकारहरु चाहियो भनेर अडिसन आह्वान गरिएको थियो । यो फिल्ममा गोरखा रेजिमेन्टको गोरखाली सेनाको भूमिकामा नेपाली कलाकारलाई राखिने भएको छ । सोही कारण नेपाली कलाकारको माग गरिएको निर्माण पक्षले जनाएको छ । अडिसन दिएका कलाकार मध्यबाट उपयुक्त चयन गरेर फिल्मको छायाँकन थालिने भएको छ आनन्द एल राय र हिमांशु शर्माले निर्माण गर्न लागेको फिल्मले अडिसन सूचना जारी गर्दै नेपालबाट महिला र पुरुष कलाकारको आवेदन मागेको हो ।  इच्छुक कलाकारले फेब्रुअरी ५ सम्म मात्र आवेदन दिन सक्ने भनिएको थियो । स्रोतका अनुसार पछि भारतमा रहेका नेपाली मुलका कलाकार र नेपालबाट पनि विभिन्न कलाकारले अडिसनको लागि आबेदन हालेको निर्माण पक्षले जनाएको छ । भारतीय सेनाअन्तर्गतको गोरखा रेजिमेन्ट (पाँचौ बटालियन)का युद्ध सैनिक इयान कार्डोजोको जीवनमा आधारित सो फिल्मको मुख्य भूमिकामा अक्षयले अभिनय गर्दैछन् । सन् १९७१ को भारत–पाक युद्धमा पनि उनले सहभागिता जनाएका थिए । उनको सहयोगीको भूमिकामा नेपाली कलाकार हुनेछन् । युद्धको क्रममा घाइते भएर पनि इयानले सन् १९६२ र १९६५ को युद्धमा कसरी कुशलतापूर्वक गोर्खा बटालियनको नेतृत्व गरे भन्ने कथावस्तु यसमा प्रस्तुत गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...