HomeFeature‘अखण्ड भारत’ नक्साबारे कूटनीतिक नोट पठाउन एमालेको माग

‘अखण्ड भारत’ नक्साबारे कूटनीतिक नोट पठाउन एमालेको माग

‘अखण्ड भारत’ नक्साबारे कूटनीतिक नोट पठाउन एमालेको माग

काठमाडौं, 15 जुन 2023

भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले नेपालको भू–भाग समेटेको ‘अखण्ड भारत’को नक्साको विरोधमा नेपाल सरकारले तत्काल कूटनीतिक नोट पठाउन माग गरेका हुन् ।

भारतलाई कूटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन समेत उनले माग गरे । हालै भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर समेटिएको छ । उनले नक्साका बारेमा भारतीय विदेशमन्त्री र अन्य मन्त्रीहरूको अभिव्यक्ति फरकफरक आएको समेत बताए।

 नक्साबारे भारतीय विदेशमन्त्री एस जयशंकरले छिमेकी मुलुक नेपालले बुझेको भन्ने अभिव्यक्ति दिएको र अर्को मन्त्रीले सामाजिक सञ्जालमा नक्सा राखेर ‘संकल्प अखण्ड भारत’ लेखेको बताउँदै सरकारले यसबारेमा स्पष्ट पार्नुपर्ने बताए।

‘के सरकारले चित्त बुझाएको हो?’ उनले सोधे।

पन्तले सीमा समाधानबारे भारतीय प्रधानमन्त्रीसँग भएको कुराकानीको विषय प्रधानमन्त्री पुष्पकमल दाहालले सदनलाई ढाँटेको बताए।

उनले संसदमा एउटा भनेको तर पत्रकारहरूसँग अर्कै कुरा भनेकोले सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए।

संचार माध्यममा भारतस्थित नेपाली राजदूत शंकर शर्माले नेपाललाई हिन्दु राष्ट्रको रूपमा वकालत गर्न खोजेको, बीआरआइ र इपिजीका बारेमा विवादास्पद अभिव्यक्ति दिएको बताए। ‘इपिजी प्रतिवेदनबारे राजदूतले बोकेको बिचारले नेपालको प्रतिनिधिनत्व गर्छ? सरकारको दृष्टिकोण हिन्दु राष्ट्रको नारालाई प्रोत्साहन दिने हो? धर्मनिरपेक्षताबारे नेपाल सरकारको दृष्टिकोण के हो? बिआरआईबारे राजदूतले भनेकै कुरा हो सरकारको धारणा?’ उनले सोधे।

यी सबै विषयमा सरकारले संसदलाई प्रष्ट पार्नुपर्ने उनले बताए। ‘प्रधानमन्त्रीले स्पष्ट नपारे थप पाइला चाल्नुपर्ने हुन्छ,‘ उनले भने।

 

 

यो समाचार पनि पढनुहोस्…

  1. नेपाल सुनको कचौरा जस्तो छ
  2. ‘कंगनाले बोलेका सबै कुरा झुटा हुन्’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...