दिल्ली, 14 फरवरी 2022
जनयुद्ध दिवसको अवसर पारेर, नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल भारत नेपाली एकता मंच महाराष्ट्र गोवा राज्य समितिको आयोजनामा 27 औं ऐतिहासिक जनयुद्ध दिवस कार्यक्रम भव्य ढंगले सपन्न गरेको छ। राज्य सचिव गणेश वि. क.ले संचालन गरेको कार्यक्रममा राज्य अध्यक्ष कृष्ण रावतले कार्यक्रमको अध्यक्षता, गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा मंचका पुर्व केन्द्रीय अध्यक्ष ईश्वरी भंडारी, विशिष्ट अतिथि केन्द्रीय महासचिव, मोहन देवकर, अतिथि केन्द्रीय सचिव, ललित वि क, केन्द्रीय सहकोषाअध्यक्ष ओम बि. क. केन्द्रीय सदस्य दिलबहादुर गुरुङ, मदन मलाती, नंदु सुनार, विद्यार्थी केन्द्रीय सदस्य कृष्ण वि. क., पुर्व जनमुक्ति सेना का कंमाडर, नरेश ऐर लगायत रहेका थिए। 1 मिनेटको मौन-धारणबाट शुरु भएको कार्यक्रम 27 औं जनयुद्ध दिवसको उपलक्ष्यमा 27 मोमबत्ती बालेर प्रमुख अतिथि ईश्वरी भंडारीले गरेका थिए। उपस्थित जनसमुदायलाई भण्डारीले सम्बोधन पनि गरेका थिए। राज्य कोषाअध्यक्ष रामसिंह बि क सहसचिव अर्जुन रिजाल , राज्य सचिव बिष्णु न्यौपानेले अतिथि माल्यापर्ण गर्नु भएको थियो, स्वागत् मनतव्य राज्य उपाअध्यक्ष शिवसिंह दयाल ले गर्नु भएको थियो !









































