दिल्ली, 16 अगस्त 2022
अखिल भारत नेपाली एकता मंच दिल्ली हरियाणा युपी संयुक्त राज्य समिति अन्तर्गत दक्षिण फरिदावादमा भेला सम्पन्न भएको छ। नेशनल लाईभ टिभीलाई आरबी खड्का ले दिएको जानकारी अनुसार 15 अगस्तका दिन जय बहादुर थापाको अध्यक्षतामा बसेको भेलामा प्रमुख अतिथि राज्य अध्यक्ष बेल बहादुर पुन, विशिष्ट अतिथी राज्य उपाध्यक्ष प्रयागराज भट्ट, राज्य सह सचिव महेन्द्र खादु, राज्य कोषाध्यक्ष दिपक बोहोराको सहभागिता रहेको उक्त बैठकमा व्यापक छलफल पश्चात देउमनी बिक.को नेतृत्वमा 17 सदस्यिय दक्षिण फरिदावाद नगर समिति पुर्नगठन गरिएको छ उक्त भेलाको संञ्चालन प्रयाग राज भट्टले गरेका थिए। प्रमुख अतिथि र अतिथिहरुले नवगठित सिंगो नगर कमिटीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए।









































