दिल्ली, 19 सितंबर 2022
अखिल भारत नेपाली एकता मन्च र बाबुराम भट्टराई निकट संगठन प्रगतिशील नेपाली समाज समिति बीच एकता भएको छ। एकता पश्चात संगठनको नाम अखिल भारत नेपाली एकता मन्च रहने छ। नेशनल लाईभ टिभीलाई प्राप्त विज्ञप्ति अनुसार संगठन एकता लाई उपरोक्त क्रान्तिकारी दृष्टि बिन्दुका आधारमा बुझ्न र तदनरूप आचरण गर्न संगठन एकताको रक्षा र सुदृढीकरण गर्दै क्रान्तिकारी दिशामा अघि बढाउने र इतिहासले हामीलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सफल हुने छौं विज्ञप्तिमा उल्लेख छ। एकतालाई सफल बनाई समाजवाद उन्मुख समृद्धि हासिल गर्दै समाजवादको आधार तयार पार्न तथा समाजवाद निर्माणको प्रक्रिया व्यवस्थित रूपमा अघि बढ्न सम्भव हुनेछ। अहिले पनि प्रतिगामी र दक्षिण पन्थि शक्तिहरु संविधान विरुद्ध लागि रहेका छन। दुई दुई पटक असम्वैधानिक रूपमा गरिएको संसद विघटन स्वेच्छा चारिता, अहंकार, दम्भ एवं अनेक खाले विकृतिका विरुद्ध अघिल्लो वर्ष 5 दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमन बाट जोगाउन र संविधानको रक्षा गरेको छ। विज्ञप्तिमा अगाडी भनिएको छ आज नेपाली जनताको लामो संघर्ष त्याग र बलिदानपूर्ण संघर्षको फल स्वरूप जन निर्वाचित संविधान सभाले 2072 असोज 3 गते नेपालको संविधान जारी गरेको स्मरण स्वरूप संविधान दिवस मनाउंदै आज दुई संगठनबीच एकता भएको घोषणा गर्दैछौं। प्रगतिशील नेपाली समाज समिति भारत केन्द्रीय अध्यक्ष प्रकाश नेपाली नेतृत्वमा सिंगो संगठन अखिल भारत नेपाली एकता मन्चमा समाहित भएको घोषणा गर्दछौं। अखिल भारत नेपाली एकता मन्चका अध्यक्ष राजेन्द्र शर्मा र प्रगतिशील नेपाली समाज समिति अध्यक्ष प्रकाश नेपालीले उक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन। विज्ञप्तिमा पदीय बांडफाड बारे कुनै जानकारी दिइएको छैन।









































