HomeFeatureअख्तियारले उदाहरणीय काम गर्न सकेनःपूर्व अख्तियार प्रमुख सुर्यनाथ उपाध्याय

अख्तियारले उदाहरणीय काम गर्न सकेनःपूर्व अख्तियार प्रमुख सुर्यनाथ उपाध्याय

काठमाडौं,14 सेप्टेम्बर 2020

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले पछिल्लो समय अख्तियारले उदाहरणीय काम गर्न नसकेको बताउनुभएको छ। पछिल्लो आठ/दश वर्ष यता अख्तियारले साना-तिना मुद्दा लगाउने तर ठूला मुद्दाहरुलाई नदेख्ने प्रवृति देखा पर्दा उदाहरणीय काम नदेखिएको उपाध्यायले बताउनुभएको छ। सोमबार  हामीसँगको कुराकानीमा अख्तियारमा दक्ष मान्छेहरु नहुँदा आरोपपत्र सहीढंगले तयार नभएकाले साना मसिना केसहरुमा अख्तियार अल्झिएको हुनसक्ने उहाँले बताउनभयो। उहाँले भन्नुभयो ‘अहिले अख्तियार कस्तो देखिन्छ भने उदाहरणीय काम गरेको देखिदैन् । अलिकति सानातिना मसिना केसहरुमा लागेको देखिन्छ । स्टिङ अपरेसन भनेको छ त्यसमा पनि २ हजार ३ हजार मान्छे समातिराखेको छ। हुनत केही मुद्दाहरु ठूला मुद्दाहरु पनि लागेको छ लाग्न त तर धेरै जसो त्यस्ता मुद्दाहरु छन। अख्तियारको आरोप पत्र पनि दक्ष मान्छेहरुले तयार नपारेको देखिन्छ त्यसकारण त्यहाँ दक्ष मान्छेहरुको खाचो परेको जस्तो देखिन्छ । नेतृत्व चयन गर्दा नै होस पुर्याएर नगर्दाको परिणाम देखिएको आठ/दश वर्षयता देखिएको बताउनुभयो। अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुने मान्छेको विगत कस्तो थियो, कुनै उदाहरणीय कार्य गरेको छ या छैन लगायतका विषयमा मूल्याङ्कन गरेर नियुक्त नगर्दा गलत परिणाम आउने गरेको उहाँले बताउनुभयो ।

विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउने गरेको उहाँको भनाई छ । ‘पहिलो कुरा अख्तियारमा नियुक्ती गर्दाखेरी जसले नियुक्ती गर्ने हो त्यो मान्छेले होस पुर्याएर नियुक्ती गर्नुपर्यो । जसलाई नियुक्त गर्ने हो त्यसको व्याकग्राउण्ड पेपर पुरा खानतलासी गर्नुपर्यो । त्यो मान्छेको कहाँ काम गरेको थियो कस्तो काम गरेको थियो, त्यसले कुन उदाहरणीय प्रस्तुत गरेको थियो विभिन्न ठाउँमा काम गरेको होला त्यस्तो मान्छे । त्यसको के विगत थियो जहाँ काम गरेको थियो त्यहाँका मान्छेहरुले त्यसको के मुल्याङ्कन गर्छन सबै कुरा अध्ययन नगरिकन मान्छे नियुक्त गर्न हुँदैन्। विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउँछ । राजनीतिक नेतृत्वले अख्तियारको प्रमुख आयुक्त छान्ने भएकाले गलत मान्छे नियुक्त गरेमा त्यसबाट निस्कने परिणामको जिम्मेवारी पनि छान्ने व्यक्तिहरुले नै लिनुपर्ने उपाध्यायले बताउनुभयो। उहाँले भन्नुभयो ‘जसले नियुक्ती गर्ने हो ति व्यक्तिहरु देशका जिम्मेवार व्यक्तिहरु हुन् । हामीले छानेर पठाएका व्यक्तिहरु हुन् । एकजना प्रधानन्यायाधिस बाहेक अरु सबैलाई हामीले छानेरै पठाएको हो। जनताले नै छानेर त्यत्रो ठूलो पदमा पुगेका मान्छेहरुले नै नगरेपछि त अब कसको आशा गर्ने त्यसो भए । स्वयं प्रधानमन्त्री त्यसमा बस्नुहुन्छ । विपक्षि दलको नेता बस्नुहुन्छ संवैधानिक परिषदमा उहाँहरुले नै देशलाई निष्पक्ष राम्रो, गतिलो विगत भएको योज्ञता पुगेको मान्छे र काम गर्न सक्ने मान्छेलाई छान्न सक्नुभएन भने अब सडकको मान्छेले त छान्ने होइन । त्यसकारणले जिम्मेवारी उहाँहरुले लिनुपर्छ ।

अख्तियारमा जागिर खान मात्रै आउने व्यक्तिले कुनैपनि राम्रो नतिजा दिन नसक्ने उहाँले बताउनुभयो। अख्तियार प्रमुखसँग काम गर्ने अठोट र लक्ष्य भएमात्र सही नेतृत्व दिन सक्ने उपाध्यायको भनाई छ । उहाँले कुनैपनि सही नेतृत्व अख्तियारमा आउन सक्दाखेरी उदाहरणीय काम हुन जाने र अन्य आयुक्तहरुलाई पनि नियन्त्रणमा जान बाध्य पार्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘पहिले एउटा मिसन लिएर आउनुपर्यो । कुनै मान्छे अख्तियारमा जागिर खान्छु भन्ने विचारले आउँछ भने बरु नआएहुन्छ । त्यहाँ बदनाम भइन्छ, केही काम गर्न सकिदैन् । गरेको पनि मान्छेले रुचाउँदैन् । आफुलाई खतरा पनि हुन्छ । तर केही गर्छु, देशका लागि मेरो मिसन छ म जन्मेको यहि देशमा हो, म नागरिक हुँ, मैले गर्दा धेरै काम हुनसक्छ भन्ने मिसन लिएर उद्देश्य लिएर त्यसप्रति प्रतिवद्ध छ भनेदेखि त्यस्तो मान्छे आउन पर्छ । जहाँ सम्म मान्छे खोेज्ने कुरा हो । मान्छे खोज्दापनि उसको पुरा विगत हेरेर मात्रै नियुक्त गर्नपर्छ । आइसकेपछि उक्त व्यक्तिमा प्रतिवद्धता छ भने त्यसले नेतृत्व पनि दिनसक्छ । यद्दपी त्यसले मात्रै सबै कुरा निर्णय गर्ने होइन् । तर नेतृत्व भनेको कुरा ठूलो कुरा हो । नेतृत्व दिन सक्दाखेरी उदाहरणीय हुन जान्छ र अरु आयुक्तहरु पनि नियन्त्रणमा जान सक्छन् । अख्तियार प्रमुख आयुक्त भइसकेका व्यक्तिहरु नै अख्तियाको कारबाहीमा पर्ने, अदालतमा मुद्दा पर्ने, योग्यता नपुगेर अदालतले हटाइदिनु पर्ने लगायतका क्रियाकलापले अख्तियारको लोकप्रियता घट्दै गएको स्पस्ट हुने उहाँले बताउनुभयो । राजनीतिक व्यक्तिले नियुक्त गरेपछि पनि स्वतन्त्र भएर काम गर्नुपर्ने ठाउँमा फेरीपनि व्यवहारीक रुपमा राजनीतिक व्यक्तिको हस्तक्षेप भइराखेको देखिएको उपाध्यायको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...