HomeFeatureअग्नीप्रसाद सापकोटाद्धारा भूकम्पले क्षतिग्रस्त भएको संसद भवनको अवलोकन

अग्नीप्रसाद सापकोटाद्धारा भूकम्पले क्षतिग्रस्त भएको संसद भवनको अवलोकन

काठमाण्डौं, 2 अगस्त, 2021

सभामुख अग्नीप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भई अलपत्र अवस्थामा रहेको सिंहदरवारस्थित संसद भवनको अवलोकन गर्नु भएको छ । सभामुख सापकोटाले सोमबार दिउँसो भूकम्पले क्षतिग्रस्त सो संसद भवनको अवलोकन गर्नु भएको हो । सो भवनको अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सम्बन्धित पक्षसँग छलफल गरी निर्माणको कामलाई तत्काल सुरु गराउने बताउनु भयो । भूकम्पले क्षति बनाएपछि अलपत्र अवस्थामा रहेको यो भवन ऐतिहासिक र पूरातात्विक महत्व रहेको उल्लेख गर्दै सभामुख सापकोटाले यसको सदुपयोग गर्ने उद्देश्यका साथ आफूले अवलोकन गरेको पनि स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, “सम्बन्धित पक्षसँग छलफल गरेर आजैबाट यसको ऐतिहासिक तथा पूरातात्विक महत्व कायम हुने निर्माण कार्य सुरु गर्ने योजना बनाएको छु । त्यसका लागि प्राविधिकहरुसँग पनि बसेर यसको पुननिर्माण गर्ने कि सवलीकरण गरेर जाने भन्ने विषयमा प्राविधिकहरुसँग परामर्श गरिनेछ ।

सभामुख सापकोटाले सो संसद भवनलाई संग्रहालय र पुस्तकालयको रुपका विकास गर्ने आफ्नो सोच रहेको पनि स्पष्ट पार्नु भयो ।

धेरैले संग्राहलय बनाउन उपयुक्त हुने सुझाव दिएका छन । संग्राहलय र पुस्तकालय एक अर्कासँग सम्बन्धित विषय भएकाले मैले यसमा पुस्तकालय पनि बनाउन सकिने सोच लिएको छु ।उहाँले भन्नु भयो, “सम्बन्धित पक्षसँग छलफल गरेर सो सम्बन्धमा निष्कर्षमा पुगिनेछ ।

सभामुख सापकोटाले अलपत्र अवस्थामा रहेको सो भवनको निर्माणको काम तत्काल सुरु हुने गरी सम्बन्धित पक्षसँग आजैबाट छलफल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।सिंहदरवारको मुटुमा रहेको यो संसद भवन ऐतिहासिक तथा पुरातात्विक महत्वको भवन हो । राणाकालमा भारदार सभाका लागि प्रयोग गर्ने गरिएको यो भवनमा राणाकालको अन्त्यसँगै संसद भवनको रुपमा विकास गरियो । पञ्चायत काल र बहुदलीय व्यवस्था र २०६२÷०६३ सालको जनआन्दोलनपछि पुनस्थापित संसदको पहिलो बैठक समेत सोही भवनमा बसेको थियो । तर २०७२ साल जेठ १२ गतेको भूकम्पले क्षति पुगेको सो भवन ६ वर्ष बित्दा समेत पुननिर्माण नभई अलपत्र अवस्था छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...