नेपालगंज, 6 जुन, हिम शाह
अछामको बयलपाटा अस्पतालले कामबाट निकालेपछि आत्मदाह गरेका सिध्दार्थ आउजीको मृत्यु भएको छ । बयालपाटा अस्पतालमा चर्पी सफा गर्ने काम गर्दै आएका साँफेबगर नगरपालिका–६ का सिदार्थ आउजीले सोमबार बिहान अस्पतालको गेट अगाडि आफ्नै शरीरमा आगो लगाएका हुन् । दुई वर्षदेखि अस्पतालमा सफाई गर्ने कामको जिम्मेवारी पाएका आउजीलाई दुई महिना अगाडि कामबाट हटाइएको पत्र दिइएको थियो । उनको पुरानो नियुक्ति सकिन भने अझै दुई महिना बाँकी रहेको बताइएको छ। अस्पतालले सफाई कर्मचारीको जिम्मेवारी पाएका आउजी अस्पतालले हटाएपछि तनाव रहेका थिए । आत्मदाहले जलेका आउजीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज लगिए पनि उनको उपचारका क्रममा मृत्यु भएको छ । जानकारीका अनुसार लकडाउनका क्रममा जागिरबाट निकालिएपछि उनि तनावमा रहेका थिए । त्यसै कारण उनले आफैलाई आगो लगाएको स्थानियहरुको भनाई छ ।









































