अछाम, 21 अगस्त, हिम शाह
अछामको बयालपाटा अस्पतालका १९ जनालाई कोरोना भाईरसको संक्रमण देखिएको हो। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ स्वास्थ्यकर्मी कर्मचारीलाई संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताउनुभयाे ।बयालपाटा अस्पतालको विभिन्न बिभागमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा को’रो’ना भाईरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ। ५ जना भने अस्पतालको प्रयोगशालामा कार्यरत छन्। यसअघि अस्पतालका दुई जनामा सं’क्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक बाहेका सेवा बन्द गरिएको थियो।









































