Homeसमाचारअछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

काठमाडौं,14 नोभेम्बर 2023

अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र बिनायकबाट पक्राउ परेका हुन् ।

जुवाको खालबाट नगद ८६ हजार ८९० रुपैयाँ पनि बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार मंगलसेन नगरपालिका ९ बस्ने कमल रावलको घरमा जुवा खेलिरहेको अवस्थामा सोमबार राति १ बजे ७ जनालाई नियत्रणमा लिइएको थियो । उनीहरुबाट नगद ५० हजार ७९० रुपैयाँ बरामद गरिएको हो ।

पक्राउ पर्नेहरुमा घरधनी रावल सहित स्थानीय राजेन्द्र रावल, हिक्मत रावल, कमान सिंह ओड, प्रकाश रावल, केशर रावल र एकराज रावल रहेका छन् । अछामकै पञ्चदेवल बिनायक नगरपालिका ३ कागतोला बस्ने बल बहादुर शाहीको घरमा लुकिछिपी जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

उनीहरुको साथबाट ३६ हजार एक सय रुपैयाँ बरामद गरिएको हो । कागतोलामा पक्राउ पर्नेहरुमा घरधनी शाही सहित कृष्णभक्त जैसी, रमेश शाही, पदम आउजी, शेरबहादुर आउजी, खकेन्द्र तिमिल्सिना, कृष्ण बुढा, हेमन्त शाही र तुलबहादुर बुढा रहेका छन् ।

ओलीगाउँमा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मंगलसेन ल्याएको छ भने ९ जनालाई इलाका प्रहरी कार्यालय बिनायकमा राखिएको प्रहरी नायब उपरीक्षक पाठकले जानकारी दिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि शिव परियारले गरे ५० हजार सहयोग

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि शिव परियारले गरे ५० हजार सहयोगकाठमाडौं,14 नोभेम्बर 2023गायक शिव परियारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि...