नयाँ दिल्ली, 24 जनवरी 2020
प्रधानमन्त्री नरेन्द्र मोदीले अधिकारको साटो कर्तव्यलाई प्राथमिकता दिइनुपर्ने बताउनुभएको छ। ‘प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार’-बाट सम्मानित 49 बालबालिकाहरूसंग कुराकानी गर्दै उहाँले सानो उमेरमा यी बालबालिकाहरूको अदभुत कार्य देखेर आफु आश्चर्यचकित भएको बताउनुभयो। प्रधानमन्त्री मोदीले यी बालबालिकाहरूले कठीन परिस्थितीको सामना गर्ने साहस देखाएको पनि बताउनुभयो। प्रधानमन्त्रीले व्यक्तिले सराहना र उपलब्धीबाट संतुष्ट भएर शान्त भएर नबसेर देश प्रति योगदान गर्नको लागि पनि सोच्नु पर्ने तर्क गर्नुभयो।
‘प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार’-को उद्देश्य बालबालिकाहरूलाई विभिन्न क्षेत्रमा उत्कृष्टताको लागि प्रोत्साहन गर्न र उनिहरूको लागि विशिष्ट कार्य गर्ने संस्थानहरूको प्रयासलाई महत्त्व दिनु हो। ‘बाल शक्ति पुरस्कार’ नवाचार, सामाजिक सेवा, शिक्षा , खेल, बहादुरी तथा कला र संस्कृतिलगायतका क्षेत्रमा दिइन्छ। पुरस्कारमा पदक, 1 लाख रूपैयाँको राशि, प्रमाणपत्र र प्रशस्ती पत्र दिइने गरिन्छ।









































