HomeFeatureअनलाइन शिक्षाको नाममा भइरहेको लुट र विभेदलाई नियन्त्रण गरि भौतिक कक्षा सञ्चालन...

अनलाइन शिक्षाको नाममा भइरहेको लुट र विभेदलाई नियन्त्रण गरि भौतिक कक्षा सञ्चालन गर्न माग:  विप्लव

काठमाडौं, 1 अक्टूबर 2021

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल (क्रान्तिकारी) ले अनलाइन शिक्षाको नाममा भइरहेको लुट र विभेदलाई नियन्त्रण गरि तत्काल भौतिक कक्षा सञ्चालन गर्न माग गरेको छ । हालै सम्पन्न २२औ राष्ट्रिय सम्मेलनका निर्णयका बारेमा जानकारी दिन शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अखिल (क्रान्तिकारी) ले वैज्ञानिक समाजवादी शिक्षा वैज्ञानिक समाजवादी व्यवस्थामा मात्रै सुनिश्चित् हुने हुँदा वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्क्रिमा लामबद्द हुन समेत अपिल गरेको छ । पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष प्रकाश शाहीले सम्मेलनले २१औं राष्ट्रिय सम्मेलनबाट प्रस्तावित वैज्ञानिक समाजवादी शिक्षाको प्रारम्भिक खाका प्रस्तुत गरेको जानकारी दिनुभयो । सरकारले जनताको कुनै पनि समस्याको समाधान गर्न नसकेको आरोप लगाउदै उहाले सरकारबाट मुठ्ठीभरका मानिसहरुले मात्र लिइरहेको पनि आरोप लगाउनुभयो ।  उहाले दुर्गम क्षेत्रका विद्याथीहरुको पढाईको स्तर खस्किनुमा  पढ्नलाई भौतिक सुविधा नभएको उल्लेख गर्नुभयो । उहाले देश कोरोना संकटबाट आक्रान्त बनेको बेला संक्रमित सबै नागरिकहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्नुको साथै सम्पुर्ण नागरिकलाई कोरोना खोपको अनिवार्य व्यवस्था गर्न माग गर्नुभयो । सम्मलेनले प्रकाश शाहीको अध्यक्षतामा ११३ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...