काठमाडौं, 30 नवम्बर 2021
डडेलधुरामा पुनः अधिवेशन गर्नुपर्ने माग राख्दै अनसनमा बसेका जिल्ला सभापति सहितका नेताहरुले अनसन तोडेका छन् । मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा उनीहरुले अनसन तोडेका छन् । एकलौटी रुपमा अधिवेशन गरेको र पार्टीका बिभिन्न निकायमा कुरा राख्दा पनि सुनुवाई नभएको भन्दै उनीहरु अनसन बस्दै आएका थिए । उनीहरुको मागमा ऐक्यवद्धता जनाउँदै उपसभापति निधिले पार्टीको विधान कार्यान्वयनमा उदासीनता देखिनु गलत रहेको रहेको भएपनि पार्टीको महाधिवेशन नजिकिदै गरेकाले अनसन रोक्न आग्रह गर्नुभएको थियो । उहाँले महाधिवेशनको प्रक्रियामा भएका त्रुटीलाई संशोधनका लागि पहल गर्ने आश्वास पनि दिनुभयो ।









































