काठमाडौं, 18 जनवरी 2023
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यको अनुत्पादक क्षेत्रमा हुने खर्च कटौती गर्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्रीले साधारण र अनुत्पादक खर्च कटौती गर्ने बताएका हुन्।
‘मन्त्रिपरिषद्को पहिलो बैठकले यसको संकेत गरिसकेको छ,’ उनले भने, ‘हामी आफैँ मितव्ययी हुनेछौँ, आर्थिक अनुशासनमा जोड दिइनेछ, अनुत्पादक र साधारण खर्च घटाउनेछौँ।’









































