HomeFeatureअनेरास्ववियु केन्द्रीय कमिटीका 3 सय 35 सदस्यहरुद्वारा शपथ ग्रहण

अनेरास्ववियु केन्द्रीय कमिटीका 3 सय 35 सदस्यहरुद्वारा शपथ ग्रहण

काठमाण्डौ, 13 जनवरी 2020

नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संस्था अनेरास्ववियुको केन्द्रीय कमिटीका सदस्यहरुले सपथ ग्रहण गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा 3 सय 35 जना केन्द्रीय कमिटीका सदस्यहरुलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाउनुभएको हो । सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पौडेलले दुई पार्टीबीचको एकता र पछिल्लो समय प्राप्त उपलब्धीहरुमा विद्यार्थी नेताहरुको सबैभन्दा बढि भूमिका रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामीले जुन उपलब्धी प्राप्त गरेका छौं नेपालको कमुनिष्ट आन्दोलनले जुन उपलब्धी प्राप्त गरेको छ यो कुनै इश्वरको वरदान होइन्, हाम्रा सही नीतिहरुको प्रतिफल हो, सक्षम नेतृत्वको प्रतिफल हो नीति र नेतृत्वलाई अनुसरण गर्दै अगाडी बढ्ने योद्धाहरुको प्रतिफल हो ।’ त्यस्तै उहाँले पछिल्लो समय पार्टी भित्र विद्रोह र नेताहरुबीच अन्तरविरोध सिर्जना गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई कमजोर पार्ने शक्तिहरु लागिरहेको बताउनुभयो । उहाँले पार्टी एकतालाई जोगाएर जान सबै एक हुनुको विकल्प नभएको समेत बताउनुभयो।

महासचिव पौडेलले विद्यार्थी नेताहरुको सकृयतामा ठुलाठुला सफलताहरु प्राप्त भएको इतिहास रहेकाले पार्टी एकतालाई अझ बलियो बनाउन भूमिका निर्वाह गर्न अग्रह गर्नुभयो । त्यस्तै अनेरास्ववियुले 45 सदस्यीय स्थायी कमिटी पनि बनाएको छ । जसमा पूर्व एमाले निकट अनेरास्ववियुबाट 24 र पूर्व माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीबाट 21 जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...