HomeFeatureअन्धविश्वासका कारण महिलाको हत्या गर्नेे अभियुक्त पक्राउ

अन्धविश्वासका कारण महिलाको हत्या गर्नेे अभियुक्त पक्राउ

काठमाडौं, 10 अक्तूबर 2021

पासो लागि मान्छे मरेको डोरी महँगोमा बिक्री हुने भन्ने अन्धविश्वासका कारण महिलाको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । तन्त्र साधना गर्नेलाई पासो लगाइएको डोरी महँगोमा बेच्न पाउने लोभमा उनीहरुले नुवाकोट घर भइ हाल ललितपुरको सुनाकोठी बस्ने ४५ वर्षीया कमला तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २५ गते बिहान प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका बस्ने कमलाको शव ललितपुरको सुनाकोठीमा भेटेको र  घाँटी कसेर हत्या भएको देखिएपछि महानगरीय प्रहरी महाशाखा र प्रहरी बिट चापागाउँले घटनाको अनुसन्धान थालेको जनाएको छ । डोरीले कसेर हत्या गर्ने र त्यो डोरी महँगोमा बेच्ने योजनासहित तीन जनाले कमलाको ज्यान लिएको प्रहरीको दावी छ । प्रहरीले अभियुक्तहरु २३ वर्षीय सविन प्रजा, उनकी १८ वर्षीया श्रीमती सविना प्रजा माझी र २० वर्षीय सुमन मगरलाई पक्राउ गरि सार्वजनिक गरेको हो । भदौ २४ गते नै चिनजानमा रहेकी कमलाकहाँ पुगेको र राति कमलाको हत्या गरेको महाशाखाका डिएसपी निशान थापाले जानकारी दिनुभयो । हत्या गर्ने डोरीमा शक्ति हुने र ऐनामा नदेखिने कुरा  अन्धविश्वासमात्र भएको थाहा पाएपछि उनीहरुले डोरी नजिकैको इनारमा फ्याँकेर फरार भएका थिए ।  त्यसपछि उनीहरुले मृतकका कानमा लगाएको  गहना र मोवाईल लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस्तै प्रहरीले ठूलो परिमाणमा भण्डारण गरिएको अवैध आतिसवाजी एवं पटाका सहित ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा गढिमाई घर भई हाल कुपण्डोल बस्ने बर्ष ३० का उमेश कुमार जैसवाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...