काठमाण्डौं, 9 अक्तूबर 2021
अफगानिस्तानको कुन्दुज सहरको एक सिया मस्जिदमा शुक्रबार नमाज पढ्दा ठूलो विस्फोट भएको थियो। जसमा १०० व्यक्तिको मृत्यु भयो र २५ जना घाइते भएका छन्। रिपोर्टका अनुसार मस्जिदमा करिब ३०० जना उपस्थित थिए। कुन्दुजका डिप्टी पुलिस प्रमुख मोहम्मद ओबैदाहले मस्जिदमा रहेका अधिकांश मानिस मारिएको जनाएका छन्। सूचना तथा संस्कृति उपमन्त्री जबीउल्लाह मुजाहिदले विष्फोटको पुष्टि गर्दै भने, “कुन्दुजको खानाबाद बन्दर क्षेत्रमा एक शिया मस्जिदलाई लक्षित गरी आत्मघाती हमला भएको थियो। यसमा हाम्रो देशका धेरै मानिसहरु शहीद भए र धेरै घाइते भए। यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै आतंकवादी संगठनले लिएको छैन”।









































