अफगानस्तान, ३ मार्च, २०२०
अफगानिस्तानको पश्चिमी प्रान्त बाद्घिसको प्रान्तीय राजधानी कला ए नाउमा ६ जना तालिबानी लडाकूले आत्मसमर्पण गरेका प्रान्तीय गभर्नरका प्रवक्ता निजामिदिन बुर्हानीले बताएका छन् ।
तालिबानका कमान्डर शरीफको नेतृत्वमा रहेका ती पूर्व आतंककारीहरू विगत दुई वर्षदेखि अब कमारी जिल्लामा सरकारविरोधी गतिविधिमा संलग्न रहदै आएका थिए । उनीहरूले आफूसँग रहेको हातहतियार प्रहरीलाई सोमबार बुझाए र प्रान्तमा शान्ति स्थापनाका लागि काम गर्ने वाचा गरेका जनाइएको छ ।
संयुक्त राज्य अमेरिका र अफगानिस्तानको तालिवान समूहबीच गत शनिबार अर्थात फेबु्रअरी २९ का दिन शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।
सम्झौताका लागि अमेरिकाको तर्फबाट विदेशमन्त्री माइक पोम्पेओ र तालिवानी समूहका नेताहरू बतारको राजधानीमा पुगेका थिए । सम्झौतापछि अमेरिका र उसका सहयोगी राष्ट्रहरूद्वारा उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो० अन्तर्गत अफगानिस्तानमा कार्यरत सम्पूर्ण सैनिकलाई आगामी १४ महिनाभित्र अफगानिस्तानबाट फिर्ता लाने सहमति भएको छ ।
सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा तैनाथ आठ हजार ६०० सैनिकलाई आगामी १३५ दिनभित्रमा पहिलो चरणमा फिर्ता लगिनेछ भने अमेरिका र उसका सहयोगीले बाँकी सबै सैनिकलाई १४ महिनाभित्र फिर्ता गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।
।









































