HomeFeatureअबको ९ महिनाभित्र धरहराबाट काठमाडौँको राजधानीे दृश्वावलोकन गर्न पाईने

अबको ९ महिनाभित्र धरहराबाट काठमाडौँको राजधानीे दृश्वावलोकन गर्न पाईने

काठमाडौँ, ८ फरवरी, २०२०
राष्ट्रिय सम्पदा धरहराबाट काठमाडौँको राजधानीे दृश्वावलोकन गर्ने आम सर्वसाधरणको उत्कट चाहना अब छिट्टै पूरा हुने भएको छ ।

राष्ट्रको धरोहर अत्याधुनिक धरहरा अबको नौ महिनाभित्र मुख्य संरचना सक्नेगरी यतिखेर तीव्र गतिमा निर्माण भइरहेको हो ।

देशको गौरव र पहिचानसँग जोडिएको ऐतिहासिक धरहराको मुख्य संरचना अबको नौ महिनाभित्र सम्पन्न हुने निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । आगामी एक वर्षभित्र २२ तले धरहराको टुप्पोबाट राजधानी काठमाडौँको मनोरम दृश्वावलोकन गर्न पाइनेछन् ।

निर्माणाधीन धरहराको आज राष्ट्रपति विद्यादेवी भण्डारीले स्थलगत अवलोकन गरेकी छिन्। राष्ट्रपति भण्डारीले बिहान, रानीपोखरी र दरबार हाइस्कुलको अवलोकनपछि सुन्धारास्थित धरहरा निर्माणस्थलमा पुगी अवलोकन गर्नुका साथै निर्माण कार्यको संरचना र वस्तुगत अवस्थाका बारेमा जानकारी लिइन्। धरहरा अवलोकनपछि राष्ट्रपति भण्डारीले सम्पदा पुनःनिर्माणको काम उत्साहजनक रुपमा भएको पाइएको बताइन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव हरिहर शर्माले धरहरा निर्माणको काम द्रुत गतिमा अघि बढेकाले अबको एक वर्षमा सर्वसाधरणले धरहरा चढ्न पाउने बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...