Homeसमाचारनेपालअब कृषकले पनि पेन्सन पाउने, मजदुरलाई श्रमिकको दायरामा ल्याउने सरकारको तयारी

अब कृषकले पनि पेन्सन पाउने, मजदुरलाई श्रमिकको दायरामा ल्याउने सरकारको तयारी

काठमाण्डौ, 7 जनवरी 2020

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कृषकहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने योजना अघि सारेको छ । मंगलबार भएको पत्रकार सम्मेलनमा कृषक मजदुरलाई श्रमिकको दायरामा ल्याउने योजना मन्त्रालयले अघि सारेको जानकारी दिइएको हो । श्रम मन्त्री रामेश्वर राय यादवले कृषकहरुलाई पेन्सनको सुनिश्चिता गर्न र विमाको दायरामा ल्याउन श्रमिकको दायरामा ल्याउने योजना अघि सारिएको बताउनुभयो । कृषि मजदुरलाई अन्य श्रमिक सरहको सुविधाको व्यवस्था गर्नका लागि विशेषज्ञहरुको प्राविधिक अध्ययन टोली बनाइएको र टोलीको प्रतिवेदन अनुसार कार्ययोजना बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।

मन्त्री यादवले मध्यपूर्वमा रहेका नेपालीहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालयको अगुवाइमा गृह मन्त्रालय र श्रम मन्त्रालयको समुन्वयमा ‘रेस्क्यु’ कार्यक्रम अघि सारिएको बताउनुभयो । मध्यपूर्व लगायतका देशमा रहेका नेपाली मजदुरहरुको अवस्थाका विषयमा हरेक अपडेट लिने काम भइरहेको र कसरी उद्धार गर्ने भन्ने विषयमा तीनवटै मन्त्रालयहरुले ‘रेस्क्यु’का लागि योजना बनाइरहेको उहाँले बताउनुभयो । उहाँले श्रम मन्त्रालयका आगामी कार्यक्रमहरुका विषयमा छलफल गर्न पूर्व श्रममन्त्रीहरुसँग बुधबार बैठक बोलाइएको पनि बताउनुभयो । पूर्व श्रममन्त्रीहरुको अनुभव साटाँसाँट गर्ने र अहिलेको कार्ययोजनाका विषयमा छलफल गरेर अगाडी बढ्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...