HomeFeatureअब नेपाली कामदार इजरायल जान पाउने, नेपाल र इजरायलबीच सम्झौतामा हस्ताक्षर

अब नेपाली कामदार इजरायल जान पाउने, नेपाल र इजरायलबीच सम्झौतामा हस्ताक्षर

काठमाण्डौ, 21 जनवरी 2021

वैदेशिक रोजगारीको लागि नेपाली कामदारलाई इजरायल पठाउन सकिने भएको छ। बिहिबार नेपाल र इजरायलबीच नेपाली कामदार अपूर्ति गर्ने प्रोटोकल (एमओयू) मा हस्ताक्षर भएसँगै नेपाली कामदार वैदेशिक रोजगारीमा पठाउन सकिने भएको हो । नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल र इजरायलको तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोडरले एमओयूमा हस्ताक्षर गर्नुभएको हो । नेपाली कामदारहरु केयर गिभर, नर्सिङ होम, अस्पताल, दिवा सेवा केन्द्र लगायतका लागि जान पाउनेगरी सम्झौता गरिएको छ । एमओयू हस्ताक्षर कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले नेपाल कृषिप्रधान देश भएकाले कृषिको जनशक्ति इजरायल पठाउन सके श्रमको साथसाथै सिप पनि सिकेर आउने र उक्त सिप नेपालमा प्रयोग हुने भन्दै आगामी दिनमा कृषिको लागि नेपाली कामदार पठाउन पाइने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कामदारलाई इजरायल पठाउने प्रक्रिया चाडै शुरु गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...