HomeFeatureअब पार्टी पुर्नगठन गर्नुपर्ने अवस्थामा पुगेको छ: एमाले वरिष्ठ नेता नेपाल

अब पार्टी पुर्नगठन गर्नुपर्ने अवस्थामा पुगेको छ: एमाले वरिष्ठ नेता नेपाल

काठमाण्डौ, अगस्त 17, 2021

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पुर्नगठन गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभएको छ । मंगलबार आफु पक्षिय जनवर्गिय संगठनहरुको कार्यक्रमलाई जुममार्फत् सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको ढोका बन्द गरेर पार्टी विभाजन गर्न खोजेको भन्दै पार्टीलाई पुर्नगठन गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभएको हो । ओलीले आफुहरुलाई लगाएको आरोपहरु फिर्ता लिने र आत्मआलोचना गर्ने कुनै स्प्रिट नदेखाएको उल्लेख गर्दै उहाँले ओलीले पार्टी विभाजन गर्न चाहेपनि आफुहरुलाई दोष दिइएको बताउनुभयो । उहाँले पुर्नगठित पार्टीले राष्ट्रियता, लोकतन्त्र, सामाजिक परिवर्तन र समाजवादको झण्डा बोक्ने पनि बताउनुभयो ।

 उहाँले भन्नुभयो – ‘उहाँ पार्टी विभाजन गर्न उद्यत्त हुनुहुन्छ । विभाजन उहाँले गर्ने अनि दोष हामीलाई दिने । हामी एकताको निम्ति अन्तिम समय प्रयत्न गर्ने तर उहाँले आफ्नो तर्फबाट ढोका बन्द भएको घोषणा गर्ने यो स्थितिबाट उहाँ गुज्रिएको हुनाले अब यो पार्टीलाई हामी एउटा अन्तिम अवस्थामा पार्टीलाई पुर्नगठन गर्नुपर्ने अवस्थामा पुगेका छौँ । यो पार्टीलाई पुर्नगठन गरिने छ । क्रान्तिकारी पार्टीमा रुपान्तरण गरिनेछ । आन्दोलनको झण्डा बुलन्द गरिनेछ । र सामाजिक परिवर्तनको, समाजवादको झण्डा बुलन्द गरिनेछ । र नेपाली जनताको प्यारो शक्तिको रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई हामीले अगाडी बढाउनेछौँ ।’

उहाँले आफु लगायतका सांसदहरुलाई कारबाही गरेको तर्फ इंकित गर्दै आफुहरु कारबाहीबाट विचलित नभइ अगाडी बढ्ने पनि बताउनुभयो । वरिष्ठ नेता नेपालले आफुहरुले नयाँ पार्टी खोलेपनि अध्यक्ष ओलीले गल्ती स्वकार गरेर पछाडी हटेमा पार्टी एकताको ढोका खुल्ला रहने बताउनुभयो । आगामी चुनावमा सहकार्य हुनसक्ने समेत उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘कारबाहीबाट विचलित हुने छैनौँ । हामी अगाडी बढ्नेछौँ । एकताको निम्ति हाम्रो ढोका सधैभरी खुल्ला छ । आज फेरी एउटा नयाँ पार्टी हामीले खोलिहाल्यौँ भनेपनि, पार्टी पुर्नगठनको नयाँ झण्डा बुलन्द गरिहाल्यौँ भनेपनि फेरी केपी ओलीले सबै गल्ती स्वीकार गरेर पछाडी हट्नुहुन्छ भने फेरी एकताको ढोका खुल्ला हुनेछ । अहिले हुनेछ । भोली हुनेछ ।’

वरिष्ठ नेता नेपालले आफुहरु अहिले सबै पार्टीहरुसँग सहकार्य गर्ने भएपनि कसैसँग पार्टी एकता हुने सम्भावना नरहेको स्पष्ट पार्नुभयो । उहाँले अन्य वामपन्थी शक्तिहरुलाई पनि एकतावद्ध बनाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...