HomeFeatureअब भारतमा सात लाखसम्म कमाउनले आयकर तिर्नु नपर्ने

अब भारतमा सात लाखसम्म कमाउनले आयकर तिर्नु नपर्ने

दिल्ली, 1 फरवरी 2023

भारतकी वित्त मन्त्री निर्मला सीतारमण नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी छन्। उनले भारतमा वार्षिक सात लाख रूपैयाँसम्मको आयमा आयकर नलाग्ने भएको छ। बुधबार आर्थिक वर्ष २०२३/२४ को बजेट प्रस्तुत गर्दै वित्त मन्त्री निर्मला सीतारमणले व्यक्तिगत आय करमा सात लाख रूपैयाँसम्म कुनै कर नलाग्ने घोषणा गरेकी हुन्। यसअघि पाँच लाख रूपैयाँसम्म कमाउनेले कर तिर्नु नपर्ने व्यवस्था थियो। सरकारले त्यसको दायरालाई बढाएर सात लाख पुर्‍याएको हो। यस्तै, सरकारले जनतालाई सरल तरिकाले कर तिर्नका लागि नेक्स्ट जेनेरेसन ट्याक्स फर्म जारी गर्ने घोषणा समेत गरेको छ। यसका अलावा निगमको क्षेत्रमा ३१ मार्च २०२४ सम्म काम सुरू गर्ने कम्पनीलाई १५ प्रतिशत छुट दिने घोषणासमेत बजेटले गरेको छ। बजेट पेस गर्नुअघि राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटघाट गर्नका लागि अर्थमन्त्री निर्मला सीतारमण आफ्नो टिमसँग राष्ट्रपति भवन पुगेकी हुन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...