काठमाडौं, 17 दिसम्बर 2021
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब हुने राष्ट्रियसभा र उपनिर्वाचनको सबै सिट गठबन्धनले जित्ने दाबी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा अखिल किसान महासंघको समन्वयमा उद्धार स्वयंसेवक आवद्ध समाजिक संस्था नेपालले आयोजना गरेको उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा बोल्दै नेपालले राष्ट्रियसभाको जम्मै सिट जित्ने र उपनिर्वाचन भएपनि सवै सिट गठबन्धनले नै जित्ने बताउनुभएको हो । त्यस्तै नेपालले बैशाखमा स्थानीय तहको निर्वाचन जित्ने दावी गर्नुभयो । उहाले सबैखाले निर्वाचनमा जित्नको लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । त्यस्तै उहाले कृषिमा नयाँ–नयाँ प्रविधिलाई उपयोग गर्दै उत्पादनमुखी बनाउनुपर्ने धारणा राख्नुभयो । सहकारीको अधिकतम प्रयोगमा पनि उहाले जोड दिनुभयो ।कार्यक्रममा बिभिन्न स्थानका किसानहरुलाई सम्मान गरिएको थियो ।









































