दिल्ली, 9 जुलाई 2022
अमरनाथ गुफा नजिकै बादल फुटेर अहिलेसम्म १६ जनाको मृत्यु भएको छ । ४५ जना अझै बेपत्ता छन् । सेनाले शनिबार बिहान उद्धार कार्य सुरु गरेको थियो । ६ जनालाई हेलिकोप्टरबाट लगिएको थियो । यसैबीच हिमाल उद्धार टोलीले बेपत्ताको खोजी सुरु गरेको छ । स्थितिलाई ध्यानमा राख्दै अमरनाथ यात्रालाई तत्कालका लागि रोकिएको छ । पवित्र गुफा नजिकको उद्धार र मार्ग मर्मत गरेपछि मात्रै यात्रा सुरु हुनसक्छ । प्रशासनले शुक्रबार राति नै यात्रा स्थगित गरेको हो । पहलगाम र बालटालको आधार शिविरभन्दा बाहिर कुनै यात्रीलाई अनुमति छैन। शनिबार बिहान बेस क्याम्पबाहिर यात्रुको ठूलो भीड जम्मा भएको थियो । यात्रा कहिले सुरु हुन्छ भन्ने जान्न चाहने सबैले प्रशासनबाट जानकारी पाउन सकेनन् ।