HomeFeatureअमेरिकाको  न्युयोर्कमा नेपाल-अमेरिकन म्युजिक फेस्टिभल

अमेरिकाको  न्युयोर्कमा नेपाल-अमेरिकन म्युजिक फेस्टिभल

काठमाडौं, 14 अक्टूबर 2022

अमेरिकाको न्युयोर्कस्थित डाइभर्सिटी प्लाजा, क्विन्समा हालै पहिलो पटक खुला स्थानमा ‘नेपाल अमेरिकन म्युजिक फेस्टिभल’ आयोजना गरिएको छ । बुद्ध कर तथा लेखा विभागका सीपीए पशुपति श्रेष्ठ, रेभेल इभेन्ट्स इन्कका राजेश हमाल र न्युयोर्कका रियल स्टेट सेल्स म्यान नवराज केसीले पहिलोपटक खुला स्थानमा यो फेस्टिभल आयोजना गरेका हुन् ।न्युयोर्ककका मेयर एरिक एडम्सको उपस्थितिमा भएको कार्यक्रममा करिब ४ हजार दर्शकको उपस्थिति थियो । कार्यक्रममा नेपाली गायक तथा नर्तकहरूले नेपाली, अमेरिकी र बंगालीलगायत दर्शकलाई मनोरञ्जन दिलाएका थिए । मेयर एरिकले नेपाली सङ्गीत र संस्कृतिलाई विश्वमा प्रवद्र्धन गर्न मद्दत गर्न फेस्टिभल आयोजना गरेकामा आयोजकलाई बधाई दिएका थिए । मेयर एरिकले कार्यक्रममा गायिका सपनाश्री, फिरोज स्याङदेन, पेमा छेवाङ शेर्पा र सुरजसिंह ठकुरीलाई अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा डीजे जाङ्गोले पनि दर्शक झुमाएका थिए । आयोजकमध्येका नवराजले न्युयोर्कको क्विन्समा बसोबास गर्ने विदेशीलाई नेपाली सङ्गीत र संस्कृतिको परिचय गराउनु रहेको बताए । उनले फेस्टिभललाई डाइभर्सिटी प्लाजा, क्विन्समा वार्षिक कार्यक्रम बनाउने र अमेरिकामा नेपाली सङ्गीत र संस्कृतिको प्रवद्र्धन गर्ने खुलाए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...