HomeFeatureअमेरिकाको विश्वविद्यालयमा रहेको पार्वतीको मूर्ति नेपाल फर्काइँदै

अमेरिकाको विश्वविद्यालयमा रहेको पार्वतीको मूर्ति नेपाल फर्काइँदै

काठमाडौं, 7 मई 2022

अमेरिकाको एक विश्वविद्यालयमा रहेको नेपालको बौद्ध देवी तार/पार्वतीको मूर्ति नेपाल फर्काइने भएको छ ।येल विश्वविद्यालयको आर्ट ग्यालरीको स्थायी संग्रहमा रहेको उक्त मूर्ति नेपाल फर्काउन नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क र येल युनिभर्सिटी आर्ट ग्यालेरी, कनेक्टिकट, संयुक्त राज्य अमेरिकाबीच सहमति भएको हो । नेपाल सरकारका तर्फबाट न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले येलसँगको साझेदारीमा उक्त कलाकृति फिर्ता गर्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । आर्गिलाइट ढुङ्गाबाट नवौं दशौं शताब्दिमा बनेको मुर्ति हो सन् २०१५ मा एक दातामार्फत पुगेको थियो । नेपालको पुरातत्व विभाग र येल विश्वविद्यालय कला संग्रहबाट २०२१ मा गरिएका छुट्टाछुट्टै अनुसन्धानबाट यो मूर्ति २०३२ सालसम्म भक्तपुर ननगरपालिका गोलमाडी टोलस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्र रहेको पत्ता लागेको थियो । र, त्यहाँबाट हराउनुअघि बौद्धदेवी पार्वतीको रुपमा दैनिक पूजाआजा हुने गरेको पुष्टि भएको थियो । समभङ्ग मुद्रामा उभिएको, हातमा नाल र कमलको फूल लिएको र कलाशैलीका हिसाबले यो मूर्ति आरम्भिक मध्यकालको रहेको अनुमान गरिएको छ । मूर्ति फिर्ता गर्ने सहमतिपछि बोल्दै कार्यवाहक महावाणिज्यदूत गौतमले येल विश्वविद्यालय, येल विश्वविद्यालय आर्ट ग्यालेरी, उक्त ग्यालरीकी निर्देशक स्टेफनी वाइल्स, गभर्निङ बोर्ड र क्युरेटोरियल टोलीलाई धन्यवाद दिएका छन् । मूर्ति हस्तान्तरण गर्ने क्रममा येल युनिभर्सिटी आर्ट ग्यालेरीकी निर्देशक स्टेफनी वाइल्सले मूर्ति फिर्ता गर्न पाउँदा खुसी लागेको बताइन् । येल युनिभर्सिटी आर्ट ग्यालरीले महावाणिज्यदूतावास र पुरातत्व विभागसँगको समन्वयमा मूर्ति नेपाल फिर्ता पठाउनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...