अमेरिका, २७ फरवरी, २०२०
अमेरिकाको विस्कन्सिन प्रांतमा गोलीबारीमा ५ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार,गोली चलाउने व्यक्तिको पनि आफैंले चलाएको गोली लागि मृत्यु भएको छ । विस्कन्सिनको मिल्वाकी शहरमा उक्त घटना घटेको थियो ।
गोली चलाउने व्यक्तिको पहिचान भइसकेको र ५१ वर्षीय उनी मिल्वाकी निवासी रहेको बताइएको छ । गोली चलाउनुको उनको उद्देश्यबारे भने अहिलेसम्म पनि जानकारी प्राप्त भएको छैन ।
राष्ट्रपति ट्रम्पले घटनामा मारिने पीडित तथा उनीहरुको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै हत्यारालाई दुष्ट हत्यारा भएको बताएका छन् ।









































