HomeFeatureअमेरिकाद्वारा IS- K लाई लक्षित गर्दै ड्रोन आक्रमण

अमेरिकाद्वारा IS- K लाई लक्षित गर्दै ड्रोन आक्रमण

अफगानिस्तान, 28 अगस्त 2021

अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रको IS- K लाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको छ। अमेरिकाले 26 अगस्तमा काबुलमा भएको आत्मघाती बम विष्फोटको बद्लामा सो आक्रमण गरेको हो। संचार माध्यका अनुसार ड्रोन आक्रमणबाट काबुलमा भएको आत्मघाती बम विष्फोटमा IS- K का मुख्य योजनाकारको मृत्यु भएको बताईएको छ। बिहिबार काबुल विमानस्थलमा भएको आक्रमणमा 1 सय 70 जनाको ज्यान गएको थियो। उक्त आत्मघाति बम विष्फोटमा 13 अमेरिकी सैनिकको पनि मृत्य भएको थियो। काबुलमा भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी आतंकी संगठन IS K ले लिएको थियो। शुक्रबार अमेरिकी राष्ट्रपति जो बाईडनले बिहिबार भएको आत्मघाति आक्रमणमा संलग्न आतंकबादीलाई नछोड्ने चेतावनी दिनुभएको थियो। अमेरिकाले अफगानिस्तानमा लामो समय पछि यसप्रकारको आक्रमण गरेको हो। काबुलमा रहेका अमेरिकी अधिकारीहरूले विमानस्थलको प्रमुख क्षेत्रहरू भन्दा टाढै रहन त्यहाका नागरिकहरुको लागि नयाँ चेतावनी जारी गरेका छन्। अमेरिकाले अन्तिम समयसम्म अफगानहरूको उद्धार जारी राख्ने र विमानस्थल अझै पनि आफ्ना फौजको नियन्त्रणमा रहेको बताइरहेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...