अमेरिका, 5 जुलाई 2022
अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली हानी ६ जनाको हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीयलाई अमेरिकी प्रहरीले पक्राउ गरेको हो । उनले इलिनोइसको हाइल्याण्ड पार्क सहरमा बन्दुकधारीले छतबाट परेडमा सहभागी मानिसहरूलाई लक्षित गरी हमला गरेका थिए । घटनामा कम्तीमा २४ जना घाइते भएका छन् ।









































