HomeFeatureअमेरिकामा जो बाइडेन बने नयाँ राष्ट्रपति, कमला हेरिश पहिलो महिला उपराष्ट्रपति

अमेरिकामा जो बाइडेन बने नयाँ राष्ट्रपति, कमला हेरिश पहिलो महिला उपराष्ट्रपति

नयाँ दिल्ली, 8 नोभेम्बर 2020

डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेन अमेरिकाको 46 औं राष्ट्रपतिका रुपमा निर्वाचित हुनु भएको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा प्रतिस्पर्धामा पराजित गर्दै बाइडेन राष्ट्रपति निर्वाचित हुनु भएको हो । बाइडेनले 279 सीट हासिल गर्नुभएको छ । पेन्सिलवानियामा निर्णायक अग्रता लिएपछि उहाँलाई विजेता घोषित गरिएको हो ।

महत्वपूर्ण मानिएको पेन्सिल्वानिया राज्यमा जित हात पारेसँगै बाइडेनले २ सय ७३ इलेक्टोरल भोट प्राप्त गर्नुभएको छ । ट्रम्पले भने 2 सय 14 इलेक्टोरल भोट पाउनुभएको छ ।

अमेरिकाको इतिहासमा बाइडेनले सबैभन्दा धेरै मत पाएर राष्ट्रपतिमा निर्वाचित हुने व्यक्ति पनि बन्न सफल हुनुभएको छ । 7 करोड 45 लाखभन्दा बढी अमेरिकीले बाइडेनको पक्षमा मत दिएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले समर्थकहरुलाई धन्यवाद दिनुभएको छ । चुनावमा डेमोक्रेट पार्टीकै कमला हेरिश अमेरिकाको प्रथम महिला उपराष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । जीतपछिको आफ्नो सम्बोधनमा हेरिशले अमेरिकाले आशा, सत्यता र शालिनतालाई चयन गरेको प्रतिक्रिया दिनुभएको छ ।

७७ वर्षीय बाइडेनले अमेरिकी राष्ट्रपति पदको लागि योभन्दा पहिले पनि सन् 1988 र 2008 गरी दुई पटक चुनाव लडिसक्नुभएको छ । साथै बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको दुईवटै राष्ट्रपति कालमा उपराष्ट्रपति रहुभएको थियो।

बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...