HomeFeatureअमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरु विरुद्ध चारवटा उजुरी

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरु विरुद्ध चारवटा उजुरी

काठमाण्डौ,19 अक्टूबर 2020

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरु विरुद्ध संसदीय सुनुवाई समितिमा चारवटा उजुरी परेको छ। समितिले प्रस्तावित राजदूतहरु विरुद्ध परेका उजुरी सोमबार खोलेको हो। उजुरी खोलिएसँगै पत्रकारहरुसँग कुरा गर्दै सभापति कर्णले गम्भिर प्रकृतिका चारवटा उजुरी परेको बताउनुभयो। समितिले असोज २१ गते १० दिनको म्याद  दिएर सार्वजनिक उजुरी आव्हान गरेको थियो। सभापति कर्णले प्रस्तावित राजदूतहरु विरुद्ध परेको उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर सम्पर्क नम्बर उल्लेख नभएकाले कात्तिक १७ गतेका लागि समितिमा थप प्रमाण सहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको बताउनुभयो। उजुरी परेका मध्ये अमेरिकाका लागि प्रस्तावित राजदूत पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा विरुद्ध ३ वटा र संयुक्त अधिराज्य (बेलायत)का लागि प्रस्तावित राजदूत पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी विरुद्ध १ वटा रहेको सभापति कर्णले बताउनुभयो।

सरकारले डा. युवराज खतिवडालाई अमेरिकाका लागि आवाशीय राजदूत सँगै पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि गैह्रआवाशीय राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो। यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवाशीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैह्रआवाशीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो। त्यस्तै डा. निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवाशीय राजदूत र वोत्सुवाना, केन्थ्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्भावे, ज्ञावेन लगायतका देशका लागि गैह्रआवाशीय राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...