नयाँ दिल्ली, 4 जनवरी 2020
भारतले अमेरिका र ईरान बीच संयमताको आह्वान गरेको छ। दुवै देशहरू बीच बढ्दो तनावले विश्वलाई नै चिन्तित बनाएको र यी दुई देश बीचको तनाव अझै नबढोस् भन्ने कुरा महत्त्वपूर्ण रहेको विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयले क्षेत्रमा शान्ति, स्थिरता र सुरक्षाको अत्याधिक महत्त्व रहेको पनि बताएको छ।
बगदाद विमानस्थलमा अमेरिकी हवाई हमलबाट कुद्स फोर्सका कमाण्डर जनरल कासिम सुलेमानी मारिए पछि खाडी क्षेत्रमा तनाव बढेको छ।









































