HomeFeatureअमेरिकी कालो गिद्ध भेटियो नेपालमा

अमेरिकी कालो गिद्ध भेटियो नेपालमा

काठमाडौं, 15 जुलाई 2022

पहिलो पटक नेपालमा अमेरिकी कालो गिद्ध भेटिएको छ । गत मंगलबार र बुधबार कावासोतीस्थित नमुना मध्यवर्ती सामुदायिक वनमा यो प्रजातिको गिद्ध देखिएको संरक्षणकर्मीले बताएका छन् । दक्षिण अमेरिकाको पेरु, चिली र उरुग्वेमा मात्र देखिने यो गिद्ध यहाँको जंगलमा पहिलो पटक देखिएको संरक्षणकर्मी डिबी चौधरीले जनाए । मंगलबार बिहान पौने ८ बजे र बुधबार बिहान पौने ११ बजे यो गिद्ध देखिएको उनले जनाएका छन् । यहाँ डुल्ने गिद्धको बथानमा एक्कासि देखिएको अमेरिकी कालो गिद्ध एउटा मात्र थियो । बथानमा उड्दा समूह छुटेर यता आइपुगेको हुनसक्ने उनको अनुमान छ । चितवन निकुञ्ज अन्तर्गत कावासोतीको दक्षिण नारायणी नदी किनारमा रहेको नमुना मध्यवर्ती सामुदायिक वनमा यो गिद्ध देखिएको हो । गिद्ध भेटिएको स्थानमा गिद्ध संरक्षणका लागि स्थापना गरिएको गिद्ध रेष्टुरेन्ट ‘जटायु रेष्टुरेन्ट’ पनि छ । सोही रेष्टुरेन्ट भएको क्षेत्रमा कालो गिद्ध फेला परेको संरक्षणकर्मी चौधरीले बताए । ‘कालो गिद्ध यहाँका बथानमा सँगै बस्ने र डुलफिर गर्ने गरेको छ,’ चौधरीले भने, ‘त्यो फरक रंगको गिद्ध भएपनि यहाँका रैथाने गिद्धले ठुंग्ने वा तर्साउने गरेको पाइएन ।’ निवास नजिकैको जंगलमा कालो गिद्ध देखिएपछि चौधरीले क्यामरामा कैद गरेका थिए । बिहीबार र शुक्रबार भने उक्त गिद्ध देखा नपरेको उनले सुनाए । जटायु रेष्टुरेन्टमा बुढ्यौली लागेका चौपाया राखिन्छ र मरेपछि गिद्धले आहारा बनाउने गरेका छन् । रेष्टुरेन्टकै कारण यस क्षेत्रमा गिद्धको संख्या बढ्दै गएको छ । प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षणका लागि यहाँ १४ वर्षअघि स्थापना गरिएको गिद्ध रेष्टुरेन्ट संसारकै नमुना र सफल परियोजना मानिन्छ । त्यसको सुरुवात संरक्षणकर्मी चौधरीले नै गरेका हुन् । नेपाल र दक्षिण एसियामा ९ प्रजातिका गिद्ध पाइन्छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...