काठमाडौं, 1 नवम्बर 2022
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर. थम्पसनले भेटेका छन् ।
अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बिहान थम्पसनले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका क्रममा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।‘नेपाल र अमेरिकबीच वर्षौंदेखिको मित्रता रहेको छ । तपाईंको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु,’ दाहालले भनेका थिए । नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै दाहालले त्यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताएको उनको सचिवालयले जानकारी दिएको छ ।
राजदूत थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुक नेपालमा आउँदा खुसी व्यक्त गरेको दाहालको सचिवालयले जानकारी दिएको छ । ‘उहाँले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न अमेरिकी सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो,’ ।









































