12 अक्तूबर 2021
अमेरिकी राजदूत र्याण्डी बेरीले नेपाललाई दशैँका अवसरमा शुभकामना दिएका छन् । याण्डीले आफ्ना सहकर्मी र उनीहरुको परिवारसंग चंगा उडाएको तस्वीर राख्दै उनले नेपाली भाषामा दशैँको शुभकामना दिएका छन् । सामाजिक संजाल मार्फत तस्वीर सार्वजनिक गर्दै याण्डीले लेखेका छन्, ‘दसैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं । तपाईंहरू सबैमा दसैंको धेरै शुभकामना ।’









































