HomeFeatureअमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोरोना भाईरसको संक्रमण मध्येनजर राष्ट्रिय संकटकालको घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोरोना भाईरसको संक्रमण मध्येनजर राष्ट्रिय संकटकालको घोषणा

नयाँ दिल्ली डेस्क, 14 मार्च 2020

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाईरस (कोभिड–19) को संक्रमण बढ्दै गएपछि राष्ट्रिय संकटकालको घोषणा गर्नुभएको छ। शुक्रबार वाशिङ्टन डीसी-स्थित ह्वाइट हाउसबाट उहाँले राष्ट्रिय संकटकालको घोषणा गर्नुभएको हो।

राष्ट्रपति ट्रम्पले कोरोना भाईरस रोकथामका लागि अमेरिकी सरकार मिहेनतका साथ लडिरहेको बताउनुभयो। अहिलेसम्म अमेरिकामा कोरोना भाईरसबाट 2 हजार 4 सय 66 जना संक्रमित र 50 जनाको मृत्यु भएको छ।

यसैबीच क्यालिर्फोर्नियास्थित ठूला आईटी कम्पनीहरु एप्पल, फेसबुक, गुगललगायतले आफ्ना कर्मचारीलाई घरबाट काम गर्न निर्देशन दिएका छन्। कसैले कार्यालय आउनै चाहेको खण्डमा उसले सम्पूर्ण स्वास्थ्य जाँच गरेर मात्र जान पाउने व्यवस्था गरिएको बताइएको छ। ‘कम्पनीको भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग गरेर घरबाट काम गर्न सकिनेछ। कम्पनीका धेरैजसो बैठकसमेत त्यसरी नै भइरहेका छन्। घरबाट काम गर्न नमिल्ने कर्मचारीलाई पनि तलब सुविधा दिएर छुट्टी दिइएको छ। यस क्षेत्रका विद्यालयहरु 3 साताको लागि बन्द गरिएको छ। सपिङ मलहरुमा भने सर्वसाधारणको एकाएक भीड बढेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...