नयाँ दिल्ली, 6 फरवरी 2020
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई महाभियोगका सबै आरोपहरूबाट मुक्त गरिएको छ। अमेरिकी सीनेटले राष्ट्रपति ट्रम्पलाई सत्ताको दुरुपयोग र संसदको कामकारवाहीमा बाधा पुऱ्याउने महाभियोगका दुई आरोपहरूबाट अपराध मुक्त गरेको हो।
सीनेटमा रिपब्लिकन पार्टीको बहुमत छ र ट्रम्पलाई सत्ताको दुरुपयोगको आरोपमा 48 विरूद्ध 52 मतले मुक्त गरिएको छ। त्यस्तै संसदको कामकारवाहीमा बाधा पुऱ्याउने आरोपमा उहाँलाई 47 विरूद्ध 53 मतले अपराध मुक्त गरिएको हो।
डेमोक्रेटिक पार्टीलाई राष्ट्रपति विरूद्ध महाभियोगको लागि 1 सय सदस्यीय सदनमा दुई-तिहाई मतको आवश्यकता थियो। सदनमा सत्तारूढ रिपब्लिकन पार्टीका 53 सदस्यहरू छन् भने डेमोक्रेटिक पार्टीका 47 सदस्यहरू छन्।









































