काठमाडौं, 28 जुलाई 2022
दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका छन् । पछिल्लो समय सरकारले अमेरिकी सेनाको नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अगाडि नबढाउने निर्णय गरेपछि आकास्मिक रुपमा उनी नेपाल आइपुगेका हुन्। अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्ये एसिया मामिला ब्युरोका सहायक मन्त्रीको नेपाल भ्रमणलाई नेपालस्थित अमेरिकी दूतावासले नियमित भनेको छ। नयाँ दिल्ली हुँदै उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। नेपाल आइपुगेका लुले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेट्ने कार्यक्रम रहेको छ।









































