HomeFeatureअर्थमन्त्रालयमा पूँजी बजारसम्बन्धी छलफल

अर्थमन्त्रालयमा पूँजी बजारसम्बन्धी छलफल

काठमाडौं, 2 मार्च 2022

 अर्थमन्त्री जनार्दन शर्माले कतैबाट प्रभावित नभई संस्था र लगानीकर्ताहरुको हितका लागि स्वतन्त्र रुपमा काम गर्न नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई निर्देशन दिनुभएको छ । बुधबार अर्थमन्त्रालयमा पूँजी बजारसम्बन्धी छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले पूँजी बजारको शिक्षा सहितको सुरक्षित कारोबार गर्न आवश्यक नीति तयार गर्न सरकार रहेको भन्दै दवावमा नपरि काम गर्न निर्देशन दिनुभएको हो । त्यस्तै उहाले दिनको दिनमै खरिद बिक्री गर्न पाउने र सापटी लिएर पनि सेयर खरिद बिक्री गर्न पाउने व्यवस्था गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिनुभयो । शर्माले नेपालमा अझै पनि सेटिङमा सेयर कारोबार र इन्साईडर ट्रेडिङ हावी भएको भन्दै यसलाई रोक्न निर्देशन दिनुभयो । लगानीकर्ताको सुरक्षा गर्नु सरकारको दायित्व भएको भन्दै उहाले कार्यमा सबै एक भएर लाग्नुपर्ने धा।णा राख्नुभयो । हाल सेयर बजारमा ११ लाख सक्रिय लगानीकर्ता र ५० लाख बढी डिम्याट खाता होल्डर रहेको भन्दै अर्थमन्त्री शर्माले लगानीकर्ताको हितका लागि पुँजी बजार विकास गर्नु आजको आवश्यकता रहेको बताए । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले धितोपत्र ऐनलाई समय सापेक्ष बनाउनु पर्ने बताउनुभयो ।  केही कानुनमा सुधार गरेर पुँजी बजारको विकासका लागि बोर्डले काम गर्ने उहाको भनाई छ । उहालेआफ्नै भवन आवश्यक भएको भन्दै सूचना प्राविधिको बलियो प्रणाली बनाउन जरुरी रहेको धारणा राख्नुभयो । त्यस्तै हमालले बजारमा हुनसक्ने चलखेल बुझ्न अटोमेटिक प्रणालीको विकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...