Homeसमाचारखेलकुदअलमुताईरीको अफगानी टिममा पनि नेपालमा जस्तै कन्ट्रोभर्सी, गोल खाएपछि खेलाडीलाई लगाए 'वाकआउट'

अलमुताईरीको अफगानी टिममा पनि नेपालमा जस्तै कन्ट्रोभर्सी, गोल खाएपछि खेलाडीलाई लगाए ‘वाकआउट’

अलमुताईरीको अफगानी टिममा पनि नेपालमा जस्तै कन्ट्रोभर्सी, गोल खाएपछि खेलाडीलाई लगाए ‘वाकआउट’

 काठमाडौं, 12 जुन 2023

अफगानिस्तानले हाल सेन्ट्रल एसियन फुटबल एसोसिएसन (काफा) कप खेलिरहेको छ। काफा कपमा कीर्गिस्तान र अफगानिस्तान बिच खेल चलिरहँदा आफ्नो टोलीलाई ‘वाकआउट’ गराएका छन् उनले। सामाजिक सञ्जालमा हाल यो भिडियो चर्चामा छ। जसमा अलमुताइरी विपक्षीले खेलको अन्तिम मिनेटमा गोल गरेपछि आफ्ना खेलाडीलाई मैदान बाहिर बोलाइरहेको देखिन्छन्।

उक्त खेलको निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा रोकिएको थियो। तर, इन्ज्युरी समयमा कीर्गिस्तानका खेलाडीले गोल गरे। कीर्गिस्तानको जित्ने सम्भावना देखिएसँगै अफगानी प्रशिक्षक अलमुताइरीले आफ्ना खेलाडीलाई फिर्ता बोलाउन थाले।

गोलपछि विरोधमा उत्रिएका उनले रेफ्रीको अन्तिम सिट्ठी अघि नै खेलाडीलाई मैदान छाड्न निर्देशन दिए। रेफ्रीले अलमुताइरीलाई सम्झाउने पटकपटक कोसिस गरे पनि उनी सम्झिने मुडमा थिएनन्। अफगानिस्तानले वाकआउट दिएसँग कीर्गिस्तानका खेलाडीले सेलिब्रेसन गरेका थिए।

खेलाडीलाई लगाए 'वाकआउट'

उनीहरुको सेलिब्रेसन हेर्दै अलमुताइरीले पनि व्यङ्ग्यात्मक हिसाबले ताली बजाए। नेपाली फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी हाल अफगानी फुटबल टोलीको मुख्य प्रशिक्षक छन्।  नेपाल छँदा विवादास्पद अभिव्यक्ति दिएर होस् या नेतृत्वसँगै भिडेर होस्, उनी बदनाम बन्न तयार भए तर गुमनाम रहेनन्। सँधै आलोचना या समर्थनको केन्द्रमा रहिरहे नेपालमा रहुन्जेल। नेपाली टोलीको प्रशिक्षकबाट राजीनामा दिएपछि केही समय विश्राम लिएका उनी हाल अफगानिस्तानको मुख्य प्रशिक्षक हुन्।

‘बर्मा गए कर्म सँगै’ भनेजस्तै नेपाल छाडे पनि उनी चर्चाको केन्द्रमा रहन चाहिँ छाडेका छैनन्। यही सिजन भारतमा इण्डियन सुपर लिगको सेमिफाइनल खेलमा बेङ्ग्लुरु एफसीका सुनिल क्षेत्रीको विवादस्पद गोलमा असहमति जनाउँदै केरला ब्लास्टर्सले मैदान छाडेको थियो। पछि भारतीय फुटबल संघ (एआईएफएफ)ले केरलालाई कारवाहीसमेत गरेको थियो। रेफ्रीको निर्णयमा असहमत हुने र उजुरी गर्ने समेत अवसर हुँदा मैदान छाड्नुलाई खेल भावना विपरितको कार्य मानिन्छ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...